भारतको नयाँ दिल्लीस्थित फोर्टिस अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलाई केन्द्रीय सदस्य नैनसिंह महरले भेटेका छन्।
महरसँगै सन्दीप राना, सागर शाही र रामचन्द्र शाक्यलगायत नेता सिंहको स्वास्थ्य अवस्था बुझ्न सोमबार भारत पुगेका थिए।
नेता सिंहको गत जेठ २१ गते पोस्टेटसम्बन्धी शल्यक्रिया गरिएको थियो।
नेता सिंहको स्वास्थ्य अवस्था सुधार हुँदै गएको चिकित्सकहरूलाई उद्धृत गर्दै महरले बताए।
महर नेपाली जनसम्पर्क समिति भारतको ४८ औं स्थापना दिवसका अवसरमा नयाँदिल्लीमा हुने कार्यक्रममा पनि सहभागी हुनेछन्।