पूर्वअर्थमन्त्री प्रकाशशरण महतले खुद्रे योजनामा बजेट विनियोजन गरेर देश विकास नहुने बताएका छन्।
बागमती प्रदेश संसदीय दलले गरेको कार्यक्रममा बोल्दै उनले आफू अर्थमन्त्री हुँदा बजेटलाई कनिका छरे जसरी छर्ने प्रचलनलाई रोक्न संघ सरकारबाट तीन करोडभन्दा माथि र प्रदेश सरकारबाट एक करोडभन्दा माथिको मात्रै योजना बनाउने कार्यविधि तयार पारेको पनि बताए।
तर गठबन्धन फेरबदल भएपछि सरकारले त्यो कार्यविधिविपरीत खुद्रे योजनामा बजेट विनियोजन गरेको उनको भनाइ छ।
अहिलेको सरकारले कार्यकर्तामुखी बजेट ल्याएको पनि उनले आरोप लगाएका छन्।
बागमती प्रदेशले पनि कार्यकर्तामुखी बजेट ल्याएकोले त्यसको प्रतिवाद गर्न उनले प्रदेश सभा सदस्यहरूलाई आग्रह गरेका छन्।