सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल प्रहरीका आइजिपी रहेका दानबहादुर कार्कीको जिम्मेवारी हेरफेर मात्रै गरिएको बताएका छन्।
बुधबार बसेको मन्त्रिपरिषदको बैठकले कार्कीलाई प्रधानमन्त्री बालेन शाहको प्रमुख सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको छ।
उनलाई त्यहाँ पठाएपछि सरकारले मनोज केसीलाई आइजिपी नियुक्त गरेको हो।
यो घटनालाई सरकार प्रवक्ता पोखरेलले कुनै कारबाही गरिएको नभइ जिम्मेवारी हेरफेरको रूपमा रहेको दाबी गरे।
‘उहाँलाई कारबाहीको रूपमा हेर्न हुँदैन। जिम्मेवारी फेरबदल मात्रै भएको हो। उहाँलाई सुरक्षा सल्लाहकारको रूपमा राख्नुभएको छ। अब नयाँ आइजिपी आउनुभएको छ, उहाँले गर्नुपर्ने आवश्यक काम गर्नुहुन्छ,’ उनले भने।