राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठको समर्थनमा संसदमै झ्याउरे गीत सुनाएका छन्।
बजेटमाथिको छलफलमा भाग लिँदै बुधबारको बैठकमा राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहेका केसीले खेलकुद मन्त्रीले पीडा बोलेको बताए।
केही दिनअघि खेलकुद मन्त्री श्रेष्ठले राजीनामा खल्तीमा बोकेर हिँडेको अभिव्यक्ति दिएका थिए।
केसीले आफू विगतमा सहकारी मन्त्री हुँदा पनि यस्तै पीडा खेपेको उल्लेख गरेका छन्।
‘खेलकुद मन्त्रीजीको पीडाका बारेमा यहाँ माननीयहरूले बोल्नुभयो। म पनि सहकारी मन्त्री भएको थिएँ। अहिले खेलकुद मन्त्रीले जे पीडा बोक्नुभएको छ, मैले पनि त्यही पीडा बोकेको थिएँ,’ उनले भने, ‘मलाई इतिहासको झल्को लाग्यो। उहाँले त्यसै राजीनामा खल्तीमा हालेर हिँडेको छु भनेर भन्नुभएको छैन त्यो उहाँको पीडा हो।’
यसपछि उनले पहाडतिर झ्याउरे गीत गाउँछन् भन्दै गीतका शब्द सुनाए।
‘थुकौं भने गाईको दुध, निलौं भने रौं’ उहाँलाई परेको त्यही हो,’ मन्त्री श्रेष्ठलाई परेको पीडा त्यही हो भन्दै उनले थपे, ‘सरकारमा बस्नु परेको छ, बजेट भेदभावपूर्ण छ।’
भिडिओ: