प्रतिनिधि सभाको बिहीबारको बैठक सुरू भएको छ।
निर्धारित समयभन्दा केही ढिला गरी बैठक सुरू भएको हो। बिहान ११ बजेका लागि बैठक बोलाइए पनि करिब ३५ मिनेट ढिला बैठक सुरू भएको थियो।
संसद सचिवालयका कर्मचारीहरूले अतिरिक्त समयको सेवा सुविधा माग गर्दै गत जेठ २१ गतेदेखि ११ बुँदे माग राखेर आन्दोलन गरेका कारण संसदका बैठक पनि प्रभावित हुने गरेका छन्।
बैठकको सुरूमा शून्य समयमा सांसदहरूले विभिन्न विषयमा धारणा राखिरहेका छन्।
बिहीबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले राष्ट्रपति रामचन्द्र पौडेलले गरेको स्वीटजरल्याण्ड र जर्मनी भ्रमणबारे पनि सदनलाई जानकारी गराएका छन्।
सांसदहरूले राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरेका थिए। प्रधानमन्त्री दाहाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी भएर हालै स्वदेश फर्केका थिए।
सांसदहरूले उठाएका अन्य प्रश्नमा प्रधानमन्त्रीले जबाफ दिने कार्यक्रम पनि छ।
लाइभ: