नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई कसैले पनि हराउन नसक्नेगरी लाग्न निर्देशन दिएका छन्।
शनिबार नवलपरासीको परासीमा पार्टीका नेता तथा कार्यकर्ताहरूसँगको अन्तर्क्रियामा सभापति देउवाले कांग्रेसलाई कसैले पनि हराउन नसक्नेगरी जनस्तरमा खटिन निर्देशन दिएका हुन्।
उनले सबै स्थानीय तहमा प्रशिक्षण राखेर राष्ट्रिय राजनीतिबारे विचार विमर्श गर्न पनि जिल्लाका नेता कार्यकर्ताहरूलाई निर्देशन दिए।
चुनावमा पार्टीमा हुने अन्तर्घात हटाउन अहिलेदेखि नै लाग्नुपर्ने उनको भनाइ थियो।
‘चुनावमा हुने अन्तरघात हटाउन अहिलेदेखिनै योग्यता र क्षमताका आधारमा पदिय जिम्मेवारीको बाफाट गर्नुस्,’ कार्यकर्ताहरूलाई निर्देशन दिँदै सभापति देउवाले भने।
देउवाले पार्टिमा दण्ड र पुरस्कारको थिति कडाईका रुपमा बसाल्ने प्रतिबद्धता व्यक्त गर्दै ढुक्क भएर काम गर्न कार्यकर्ताहरूलाई निर्देशन दिए।