बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएकोले प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि आइतबार आह्वान गरेका हुन्।
संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखले मंगलबार अपराह्न ५ बजेसम्मको समय दिएका छन्।
बागमतीमा नेपाली कांग्रेस संसदीय दल नेता बहादुरसिंह लामाको नेतृत्वमा नयाँ सरकार गठन गर्ने कांग्रेस र एमालेबीच सहमति छ।
