वामपन्थी नेता प्रदीप नेपालको पार्थिव शरीर अन्त्येष्टिका लागि पशुपति आर्यघाट लगिएको छ।
पूर्व मन्त्रीसमेत रहेका नेता नेपालको मंगलबार दिउँसो सवा चार बजे नर्भिक अस्पतालमा निधन भएको थियो।
उनको निधनको खबरपछि उपप्रधानमन्त्री प्रकाशमान सिंह, रक्षा मन्त्री मानवीर राई, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत नर्भिक अस्पताल पुगेर परिवारका सदस्यहरूसँग भेटेका थिए।
नेता नेपालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखिएन। अस्पतालबाट पार्थिव शरीर मंगलबार अपराह्न पशुपति आर्यघाट लगिएको छ।
उनी लामो समयदेखि पार्किन्सन लगायत रोगबाट पीडित थिए। रोगले शिथिल बनाउँदै लगेपछि उनी राजनीतिबाट निष्क्रिय बनेका थिए।
२०१० सालमा जन्मिएका नेपाल २०५१ मा तत्कालीन नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला सञ्चार मन्त्री बनेका थिए। त्यसपछि शिक्षा मन्त्री भएका थिए।
धनुषामा २०३५ सालमा गठन भएको कोर्डिनेसन केन्द्रको कमिटीमा उनी थिए। त्यसपछि उनी लगातार केन्द्रीय कमिटीमै रहे।
२०७१ सालपछि भने उनी राजनीतिमा सक्रिय हुन सकेनन्।
नेता नेपालको पार्थिव शरीर पशुपतिस्थित विद्युतीय शवदाहगृहमा मंगलबार साँझ अन्त्येष्टि हुनेछ।
तस्बिरहरू:
-1746534585.jpeg)
-1746534585.jpeg)
-1746534585.jpeg)
-1746534585.jpeg)
