त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालय तोडफोड भएको छ।
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघमा आबद्ध विद्यार्थीहरूको संलग्नतामा स्नातक तह पहिलो वर्षको भर्ना खुलाउन माग गर्दै बुधबार उपकुलपति प्रा.डा. खड्ग केसीको कार्यालय तोडफोड भएको हो।
उपकुलपति कार्यालयमा टाँस गरेको विज्ञप्तिमा केही स्ववियु सभापति र नेविसंघका नेताहरूको हस्ताक्षर देखिन्छ।
त्रिविले स्ववियु चुनावका लागि भनेर माघ ११ गतेदेखि स्नातक तह पहिलो वर्षको भर्ना सकेको थियो। तर निर्वाचनपछि पनि भर्ना हुन पाउने अधिकार रहेको र यस्तो चलन पहिलेदेखिकै रहेको उनीहरूको भनाइ छ।
विद्यार्थीहरू विभिन्न क्याम्पसमा पढिरहेको तर भर्ना हुन नपाएको भन्दै विद्यार्थीहरूले भर्ना खुलाउन माग गरेका छन्।
उनीहरूले तुरून्त स्नातक तह पहिलो वर्षको भर्ना खोल्नुपर्ने नभए त्रिवि पदाधिकारीविरूद्ध जस्तोसुकै कदम चाल्ने चेतावनीसमेत दिएका छन्।
तस्बिरहरू:
-1748499964.jpg)
-1748499964.jpg)
-1748499963.jpg)
-1748499963.jpg)
-1748499962.jpg)
-1748499962.jpg)
-1748499961.jpg)
-1748499961.jpg)
-1748499679.jpg)
-1748499678.jpg)
-1748499678.jpg)
-1748499677.jpg)
-1748499677.jpg)
-1748499676.jpg)
-1748499676.jpg)
-1748499675.jpg)
-1748499675.jpg)
-1748499675.jpg)
-1748499675.jpg)