प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधि सभा बैठक बहिस्कार गरेको छ।
प्रतिपक्षी दलहरूको अवरोधका बाबजुद सभामुख देवराज घिमिरेले बैठक कार्यसूचीमा अघि बढाएका थिए।
त्यसपछि राप्रपाका सांसदहरू बैठकबाट बाहिरिएका हुन्।
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले असहमति जनाएर प्रतिपक्षी दलहरूले अवरोध गरिरहँदा पनि बैठक सञ्चालन गरिएकाले आफ्नो दलले बहिस्कार गरेको बताए।
संसद बैठकमै बोल्दा पनि प्रमुख सचेतक शाहीले सत्तापक्षले दादागिरी देखाएको बताएका थिए। उनले सदनमा आन्दोलन भइरहँदा संसद चलाउनु उचित नहुने बताएका थिए।
‘सभामुखज्यू मैले राख्ने कुरा केही पनि छैन। संसदमा यसरी आन्दोलन भइरहेको बेलामा यसरी संसद चलाउनु उचित हुन्छ? उचित हुँदैन भन्ने लाग्छ मलाई सम्माननीय समामुखज्यू,’ उनले भने, ‘त्यही भएर कुरा केही नराखी उहाँहरू पनि हामीहरू पनि जनताले जिताएको जनप्रतिनिधि हो। भिजिट भिसा प्रकरणमा दोषीलाई कारबाही गर्न मागमा सबैले साथ दिनुस्। अरू कुरा केही नगरी यसरी संसद चलाउनु संसदीय अभ्यास होइन। यो दादागिरी हो। यो दादागिरी बन्द गर्नुस्।’
भिजिट भिसा प्रकरणमा राप्रपाले पनि गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति बनाउन माग गरेको छ। यद्यपि उसले वेल घेरेर नाराबाजी भने गरेको छैन।
शुक्रबार गृहमन्त्री रमेश लेखकले संसदमा जबाफ दिए पछि रास्वपा आफ्नो सिटमा बसेको थियो।
तस्बिरहरूः
-ink-1749974958.jpeg)
-ink-1749974958.jpeg)
-ink-1749974957.jpeg)
-ink-1749974954.jpeg)
-ink-1749974954.jpeg)
-ink-1749974957.jpeg)