नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा निवर्तमान स्वास्थ्य मन्त्री प्रदीप पौडेलले जेनजी आन्दोलनमा सहिद भएका धिरज श्रेष्ठका परिवारका सदस्यहरूलाई भेटेका छन्।
आन्दोलनका क्रममा मृत्यु भएका श्रेष्ठको घरमा पुगेका नेता पौडेलले परिवारलाई समवेदना प्रकट गर्दै घटनाप्रति दुःख प्रकट गरेका हुन्।
आफूले जेनजी आन्दोलनका माग पूरा गराउन सरकारमा रहँदा पहल गरेको पौडेलको भनाइ थियो।
आफूले गरेको पहलले काम नगरेपछि मन्त्री पदबाट राजीनामा दिएको पनि उनले बताएका थिए।
पौडेलले दुःखद् घटनाको निष्पक्ष छानबिनका पक्षमा आफू रहेको बताएका थिए।
भ्रष्टाचारविरूद्ध सुशासनका पक्षमा धिरजजस्ता जेनजी युवाहरूले पाएको सहादतको उच्च मूल्यांकन हुने उनले बताएका थिए।
‘धिरजबाबु र उनीजस्ता सहिदहरूको बलिदान खेर जान दिँदैनौं,’ उनले भने।
जेनजी आन्दोलनमा अहिलेसम्म ७२ जनाको मृत्यु भएको छ।