अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच मंगलबार अपराह्न भेटवार्ता भएको छ।
यसअघि प्रधानमन्त्री कार्कीले भारतीय समकक्षी मोदीसँग भिडिओ कन्फरेसन्समा कुराकानी गर्ने तय भएको कार्की निकट स्रोतले बताएको थियो। त्यो वार्ता बिहीबारका लागि सरेको स्रोत बताउँछ।
भेट क्रममा भारतीय राजदूतले श्रीवास्तवले नेपालको उन्नति र समृद्धिका लागि भारतले सधैं सहयोग गर्दै आएको र आगामी दिनमा पनि नेपालको समृद्धिका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए।
साथै नेपालको विकास र पुनर्निर्माणमा भारतले सघाउने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन्।
नेपालमा शान्ति, सुशासन र स्थिरताको पक्षमा भारत रहेको उनको भनाइ छ।
जेन–जी आन्दोलनसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकी थिइन्। आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन मिति घोषणा गरिएको छ।