जनमत पार्टीका नेताहरूले अध्यक्ष सिके राउतको राजीनामा मागेका छन्।
वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित ६ जना नेताहरूले विश्वसनीयता र जनआस्थाको पुनर्स्थापना गर्न नेतृत्व परिवर्तन गर्नुपर्ने भन्दै राउतसँग राजीनामा मागेका हुन्।
प्रवक्ता शरदसिंह यदव, संयोजक संजयकुमार यादव, सिके सिंह, राजाराम चौधरी र बिक्रबहादुर बमले राजीनामा मागेका हुन्।
उनीहरूले संगठन विभाग प्रमुख जयकान्त राउतको पनि राजीनामा मागेका छन्।
‘पार्टीको समय हित, राजनीतिक विश्वसनीयता र जनआस्थाको पुनःस्थापनाका लागि नेतृत्व परिवर्तन अपरिहार्य भएको निष्कर्षमा पुग्दै हामी निम्न हस्ताक्षरकर्ताहरू, पार्टीका जिम्मेवार पदाधिकारीहरूको हैसियतले, जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सि.के. राउत) ज्यू र संगठन विभाग प्रमुख डा. जयकान्त राउतज्यूले २४ घण्टाभित्र आफ्नो पदबाट स्वेच्छिक राजीनामा दिनुहुन हार्दिक अनुरोध गर्दछौं,’ पत्रमा लेखिएको छ।
दुई नेताले मार्ग प्रशस्त गरे थप सशक्त, लोकतान्त्रिक, जवाफदेही र जनउत्तरदायी संस्थामा रूपान्तरण गर्ने उनीहरूले बताएका छन्।