नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलले भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा क्षति पुगेका संरचना पुनर्निर्माण गर्न १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
संसदीय दल नेतासमेत रहेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा बिहीबार बसेको संसदीय दल बैठकले क्षति पुगेका संरचना पुनर्निर्माण गर्न १० लाख रुपैयाँ प्रदेश सरकारको आर्थिक कोषमा उपलब्ध गराउने निर्णय गरेको प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जानकारी दिए।
प्रमुख सचेतक न्यौपानेका अनुसार पुनर्निर्माण कोष स्थापना गर्न प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय पनि भएको छ।
यस्ता छन् निर्णय;
