नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकारले बायाँ हात गुमाएकी छन्।
कीर्तिपुरस्थित बर्न अस्पतालको आइसियूमा रहेकी चित्रकारको बुधबार अपरेशन गरी बायाँ हात काटिएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
उनको कुहिनादेखि तलको भाग काटिएको हो।
भदौ २४ गते उनको घरमा समेत आगजनी भएको थियो। आगोले पोलेर चित्रकार गम्भीर घाइते भएकी थिइन्।
अहिले उनमा निमोनिया समेत देखिएको छ।
स्वास्थ्य अवस्था भने सुधारोन्मुख छ।