पश्चिम नेपालका लुम्बिनी, कर्णाली र सुदरपश्चिम सरकारले शुक्रबार संविधान दिवस मनाएका छन्।
लुम्बिनी प्रदेशले आफ्नो प्रशासनिक केन्द्र राप्ती उपत्यका (देउखुरी) मा मूल समारोह आयोजना गरी संविधान दिवस मनाएको हो।
समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ पुस्ताको सोच र चाहनाअनुरूप कार्यशैलिमा परिवर्तन गर्दै सबैको विश्वास जितेर अघि बढ्ने विश्वास व्यक्त गरे।
युवा पुस्ताको चाहना अनुरूप काम थप पारदर्शी , जवाफदेही र जिम्मेवार ढंगले अघि बढाउने प्रदेश सरकार प्रतिबद्ध रहेको उनले बताए।
नेकपा एमालेका नेताहसमेत रहेका आचर्याले लोकतान्त्रिक विधि प्रक्रियामार्फत संविधानको कार्यान्वयन नै साझा लक्ष्य रहेको र त्यसले मात्रै मुलुकलाई निकास दिने बताए।
सेवा प्रवाहमा हुने ढिला सुस्ती र फाइल रोकिराख्ने प्रवृत्ति जरैदेखि अन्त्य गर्न जरुरी रहेको उनको भनाइ छ।
दिवसको नारा ‘समृद्ध लुम्बिनी, खुसी नागरिक’ राखिएको थियो।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नेपाली जनताको सात दशक भन्दा लामो संघर्ष र बलिदानपछि संविधान सभाद्वारा नेपालको संविधान जारी भएको ऐतिहासिक क्षणको सम्मान गर्नु पर्ने बताए।।
मुख्यमन्त्री कँडेलले संविधान कानुनी सिद्धान्तमा आधारित राजनीतिक सहमतिको दस्तावेज भएको भन्दै त्यसमा लिपिवद्ध नागरिक अधिकारलाई कार्यान्वयन गरी नागरिकका आवश्यकताको सम्बोधन गर्न जरुरी रहेको बताए।
नागरिकलाई राज्यप्रतिको भरोसा टुट्न नदिनु राज्यको दायित्व भएको भन्दै उनले आम नागरिक र खास गरि युवा पुस्ताको बीचमा उत्पन्न निराशालाई बुझ्ने र समस्या समाधान गर्ने प्रयास हुने बताएका छन् ।
त्यस्तै सुदरपश्चिम प्रदेशले पनि संविधान दिवस मनाएको छ।
सुदुरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले संविधानको सही कार्यान्वयनबाट साझा भविष्यको खाका तयार हुने बताए। संविधान कार्यान्वयनपछि मात्रै समान अवसर र स्वतन्त्रताको ज्ञारेन्टी गर्ने उनले बताए।
आम जनताका चाहाना र सपना साकार पार्न हालै जेन–जी आन्दोलनका क्रममा भएका भौतिक क्षतिको पर्नुं निर्माणमा सबै जुट्न जरुरी रहेको शाहले बताए।
उनले त्यो क्षतिका कारण अह्यै पीडा भइ रहेता पनि फेरि मिलेर एकताबद्ध भइ बिकास निर्माणलाई निरन्तरता दिनुको विकल्प नरहेको बताए।


