सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले आदतल जले पनि न्यायको दीप ननिभेको बताएका छन्।
आइतबार संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पालमै भएपनि न्यायको दीप मर्न नदिने अठोटका साथ अदालत अघि बढिरहेको बताएका हुन्।
उनले राष्ट्र नै सबै जलेको अवस्थामा रहेको भन्दै व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका तीन वटै सर्वोच्च निकायहरू जलेर नष्ट भएको बताए।
‘क्षतिका कुरा कति गरौं। राष्ट्र नै सबै जलेको थियो। नेपाल सरकारका सबै व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका तीन वटै सर्वोच्च निकायहरू जलेका अवस्थामा थिए। त्यो चुनौति अवसरमा बदलेर अघि बढ्नुपर्नेछ,’ उनले भने, ‘न्यायको दीप निभेको छैन। २९ गतेबाट हामीले नियमित सेवाहरू सुरू गरेका छौं। देशभरका सबै अदालतबाट न्युनतम सेवा दिइरहेका छौं।’
२५ हजार मिसिलमा ३ हजार मात्रै सकुशल रहेको बताए।
‘२५ करिब मिसिल थिए। हामीले ३ हजार जति मात्रै मिसिल फेला पारेका छौं। बाँकी रहेको २२ हजार मिसिलको प्राप्तिमा बार एशोसिएशन, महान्यायाधिवक्ताको कार्यालयबाट सहयोग माग्नेछौं,’ उनले भने।
-नेपाल न्युज एजेन्सी