नेकपा माओवादी केन्द्रले आउँदो असोज ९ गते केन्द्रीय समिति बैठक आह्वान गरेको छ।
पेरिसडाँडामा आइतबार बसेको पदाधिकारी बैठकमा प्रस्तावित विशेष महाधिवेशन र केन्द्रीय समिति भंग गर्दै अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाउने कुरा केन्द्रीय समितिले अनुमोदन गर्नेछ।
पदाधिकारी बैठकमा उपमहासचिव जनार्दन शर्माले अध्यक्षसहित सबै पदाधिकारीले राजीनामा दिनुपर्ने र वरिष्ठ नेतालाई संयोजक तोकेर विशेष महाधिवेशनतिर अघि बढ्नुपर्ने धारणा राखेका थिए।