नेसपा (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले पद त्याग गरेका छन्।
बुधबार बसेको केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा भट्टराईले अध्यक्ष पद स्वेच्छिक रूपमा त्याग गरेको बताएका हुन्।
नेता रोशन पोखरेलका अनुसार अध्यक्ष भट्टराईले स्वच्छिक रूपमा अध्यक्ष पद त्याग गरेका हुन्।
बैठकमा अध्यक्ष भट्टराईले 'जेनजी विद्रोह र वैकल्पिक राजनीतिक कार्यभार' विषयक राजनीतिक प्रतिवेदन पेस गरेका थिए।
साथै भट्टराईले अध्यक्ष छाडेर विशेष महाधिवेशनमा जाने प्रस्ताव गरेका थिए। जसअनुसार दुर्गा सोबको नेतृत्वमा महाधिवेशन आयोजक समिति बनाइएको छ।
पोखरेलका अनुसार भदौ २३ र २४ गते भएको जेनजी पुस्ता आन्दोलनले पार्टीहरूमा पनि नेतृत्व परिवर्तनको सन्देश दिएको थियो। उक्त कुरा भट्टराईले अध्यक्ष त्याग गर्ने बेला पनि बताएका छन्।
२०८१ फागुन १ गते भट्टराई नेसपा (नयाँ शक्ति) को अध्यक्ष पदमा निर्वाचित भएका थिए।