नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले मंसिरमै १५ औं महाधिवेशन गर्न तयारी नपुग्ने र थप समय चाहिने धारणा पनि कतिपय नेताहरूबाट आएको बताएका छन्।
सानेपामा आज बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता महतले मंसिरमा महाधिवेशन गर्नुपर्ने र तयारी अपुग हुने भएकोले केही समय पछि गर्ने भन्ने खालका धारणा बैठकमा आएको बताएका हुन्।
‘असोज २६ गते केन्द्रीय समितिको बैठक छ, त्यसअघि छलफल गरेर समान सोच र धारणाका साथ अघि जाऔं भनेर यो बैठक गरिएको हो,’ उनले भने, ‘यो छलफल भोलि पनि हुन्छ, केही साथीहरू बोल्न बाँकी छ। त्यसपछि पार्टीको समान दृष्टिकोण पनि आउँछ। असोज २६ को केन्द्रीय समितिमा सभापति पनि आउनु हुन्छ।’
उनले पार्टीभित्र नियमित महाधिवेशन महाधिवेशन गर्नुपर्छ भन्ने विषयमा पनि कुरा आएको बताए।
‘नियमित महाधिवेशन मंसिरभित्रै गर्नुपर्छ भन्ने कुरा आएको छ, कतिपय साथीहरूबाट मंसिरभित्रै सबै विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन गर्न सकिन्न, त्यसका लागि थप समय चाहिन सक्छ भन्ने धारणा आएको छ,’ उनले भने।
यो पनि:
मंसिरमा नियमित नभए विशेष महाधिवेशन हुन्छ: गगन थापा
देउवा नेतृत्वको यो कार्यसमितिको म्याद थप गर्ने प्रस्ताव ल्याउँदिनँ: गगन थापा
गगनको प्रस्तावमा विश्वप्रकाशको समर्थन, भने- नियमित नगर्ने भए विशेष महाधिवेशन गरौं