लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन मंसिर ८ गते बोलाउन सिफारिस गरिएको छ।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन मंसिर ८ गते सोमबार आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय भएको हो।
यो सातौं हिउँदे अधिवेशन हो।
गत भदौ ३१ गते वर्षे अधिवेशन अन्त्य भएको थियो।
सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय भएको जानकारी दिए।
हिउँदे अधिवेशनका लागि छलफल गर्न प्रदेशसभा सचिवालयमा स्थानीय तहका कर्मचारीको सेवा–सुविधा सम्बन्धी संशोधन गर्न बनेको विधेयक र लुम्बिनी अध्ययन अनुसन्धान प्रशिक्षण प्रतिष्ठान विधेयक दर्ता भइसकेका छन्।
त्यस्तै दलित अधिकार सम्बन्धी विधेयक र बडघर सम्बन्धी विधेयक दर्ता गर्ने तयारी रहेको छ।
सो दिन विभिन्न समितिका प्रतिवेदन र महालेखा परीक्षकको प्रतिवेदन पनि छलफलका लागि प्रस्तुत हुनेछ ।