सरकारले नेपाल प्रहरीको ३३औं आइजिपीमा दानबहादुर कार्कीलाई नियुक्त गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कार्कीलाई नियुक्त गरेको सञ्चार, सूचना तथा प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए।
आइजिपी चन्द्रकुबेर खापुङ कात्तिक २६ गते रातिदेखि अवकाशमा जाँदैछन्। त्यसअघि नै सरकारले कार्कीलाई आइजिपीमा नियुक्त गरेको हो।
कार्की हाल काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख छन्।
उनी नेपाल प्रहरीमा एसएसपी हुँदा जिल्ला प्रहरी परिसर काठमाडौंमा प्रमुख भएका थिए। त्यतिबेला नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरी मुद्दा समेत दर्ता भएको थियो।
कार्की २०२९ साउन १५ गते गुल्मीमा जन्मिएका हुन्। उनी २०५४ चैत १८ गते प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका थिए।