सरकारले भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगलाई १५ जना थप कर्मचारी उपलब्ध गराएको छ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले १५ जना कर्मचारी उपलब्ध गराउने निर्णय गरेको सूचना सञ्चार तथा प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए।
उनका अनुसार निजामती तर्फबाट चार जना र ११ जना नेपाल प्रहरीका कर्मचारी पठाउने निर्णय भएको हो।
'भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगमा निजामती कर्मचारी चार जना र नेपाल प्रहरीबाट ११ जना कर्मचारी उपलब्ध गराउने निर्णय भएको छ,' मन्त्री खरेलले भने।
गौरीबहादुर कार्की नेतृत्वको यो आयोगलाई काम सक्न तीन महिना समय दिइएको छ।