नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेहीले ७२ प्रतिशत क्रियाशील सदस्यता नवीकरण भइसकेको बताएका छन्।
सानेपामा आज बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले भने, ‘आजका दिनसम्म कांग्रेसको क्रियाशील सदस्यता नवीकरण ७२ प्रतिशत पुगेको छ।’
उनी महामन्त्री गगन थापा संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समिति सदस्य पनि छन्।
‘६ लाख क्रियाशील सदस्यता नवीकरण भएको छ,’ उनले भने, ‘पार्टीभित्रको कुरा गहिराईमा गएर बुझौं, २३८ वडामा मात्रै विवाद छ।’
नेताहरूका जिल्लामा क्रियाशील सदस्यता नवीकरण नभएको पनि उनले बताए।
‘कसले गएर क्रियाशील सदस्यता नवीकरण गरिदिने हो? महामन्त्री गगन थापा जाने हो कि अरू सदस्यहरू जाने हो कि, तपाईंहरूको जिल्लामा तपाईंहरूकै सभापति हुनुहुन्छ, आफ्नो आफ्नो जिल्लामा क्रियाशील नवीकरणका लागि पहल गर्नुपर्दैन?,’ उनले भने, ‘केन्द्रीय कार्यालयबाट ३६ पटक ताकेता गरेको छ, महामन्त्रीले काम गरेन भन्ने?’