राष्ट्रपति रामचन्द्र पाैडेलले मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई पद तथा गाेपनीयताको शपथ गराएका छन्।
मंगलबार राष्ट्रपति भवन शीतल निवासमम आयाेजित एक समाराेहका राष्ट्रपति पौडेलले सुरेन्द्रलाई पद तथा गाेपनीयताकाे शपथ गराएका हुन्।
मधेस प्रदेशको मुख्यमन्त्री नियुक्तिमा उत्पन्न विवादपछि सरकारले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो।
सुमित्राले सोमबार बिहान चार–पाँच बजेको आसपास बर्दिबास र सिन्धुलीको सिमानामा पर्ने पानस होटलमा मुख्यमन्त्रीको शपथ गराएको घटना विवादित बनेको थियो।
एमाले अध्यक्ष केपी शर्मा ओलीको सल्लाह मानेर होटलमा सुटुक्क शपथ गराएपछि सुवेदीले प्रदेश प्रमुख पद गुमाएकी थिइन्।