राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ।
काठमाडौंको धुम्बाराहीस्थित एक होटलमा आज अपराह्न दुई अध्यक्षबीच भेटवार्ता भएको हो।
उनीहरूबीच 'वान टू वान' भेटवार्ता जारी छ।
पार्टी एकतालगायत विषयमा उनीहरूबीच भेटवार्तामा कुराकानी भएको नेताहरूले जानकारी दिएका छन्।
राप्रपा नेपालले राप्रपासँग पार्टी एकता प्रस्ताव राख्दै आएको छ।
समान विचार भएका राजनीतिक दल र शक्तिहरूबीच एकताको पक्षमा राप्रपा नेपाल उभिएको छ।
राप्रपा नेपालले नेता राजिव पराजुलीको नेतृत्वमा वार्ता समिति पनि बनाएको छ। यो समितिले यसअघि राप्रपाका अध्यक्ष लिङ्देनसँग भेटवार्ता गरी पार्टी एकता प्रस्तावसमेत राखेको थियो।