राष्ट्रिय सभाको सचिवमा तुलबहादुर कंडेल नियुक्त भएका छन्।
अध्यक्ष नारायणप्रसाद दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कंडेललाई राष्ट्रिय सभाको सचिव पदमा नियुक्त गरेका हुन्।
कंडेललाई आजै राष्ट्रिय सभा अध्यक्षले अपराह्न ४ बजे संघीय संसद सचिवालयमा शपथ गराउने कार्यक्रम छ।
कंडेल काभ्रेका हुन् भने उनी अधिवक्ता पनि हुन्।
उनले नेपाल बार एशोसिएशनका सदस्य सचिवका रूपमा काम गरेका थिए।