नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी रूपान्तरणका लागि आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्माले अडान राख्दै आएको बताएका छन्।
मंगलबार दिउँसो एक भिडिओ सन्देश जारी गर्दै महामन्त्री थापाले पार्टी रूपान्तरणका लागि यसपटक कसैसँग नझुक्ने पनि बताए।
‘अहिले भित्र बहस भइरहेको कुरा अधिवेशन चुनाव अगाडि कि पछाडी भन्ने होइन, पार्टी रूपान्तरण गर्ने कि नगर्ने भन्ने कुरा हो,’ महामन्त्री थापाले भने, ‘गलत निर्णय हुन दिँदैनौं, यसपटक हामी न झुक्छौं, न झुकिन्छौं।’
चुनावअघि महाधिवेशन गर्ने कि पछि भन्ने बहसभन्दा पनि पार्टीलाई रूपान्तरण गर्ने कि नगर्ने भन्नेमा अहिले बहस भइरहेको महामन्त्री थापाको भनाइ छ।
असोज २८ गतेदेखि केन्द्रीय समिति बैठक सुरू भए पनि अहिलेसम्म निष्कर्षमा पुगेको छैन। अब मंसिर ४ गते फेरि बैठक बस्दैछ।
भिडिओ: