नेपाली कांग्रेस गण्डकी प्रदेशले मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्ने भन्दै यदि कुनै कारणले सम्भव नभए मंसिरभित्रै विशेष महाधिवेशन गर्नुपर्ने निष्कर्षसहित केन्द्रीय समितिलाई जानकारी पठाएको छ।
कात्तिक २९ गते कांग्रेस गण्डकी प्रदेशले भेला आयोजना गरेको थियो। उक्त भेलाको ६ बुँदे निर्णयसहितको जानकारी महामन्त्री किरणबाबु श्रेष्ठ र सभापति शुक्रराज शर्माले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सम्बोधन गरी केन्द्रीय कार्यालयमा पठाएका हुन्।
उनीहरूले मंसिरभित्रै नियमित महाधिवेशनमा जोड दिएका छन्। तर नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन गर्नुपर्ने पनि कांग्रेस गण्डकीको निर्णय छ।
‘यदि कुनै कारणले नियमित महाधिवेशन गर्न नसक्ने अवस्था भएको हो भने पार्टी विधानबमोजिम ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित माग भएको विशेष महाधिवेशन यही मंसिर मसान्तभित्र अनिवार्य सम्पन्न गरी निकास दिनुपर्दछ भन्ने यो भेलाले ठहर गर्दै र केन्द्रीय कार्यसमितिमा पठाउने निर्णय गर्दछ,’ निर्णयमा भनिएको छ।
कांग्रेसमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले असोज २९ गते विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका थिए।
नियमित वा विशेष कुन महाधिवेशन गर्ने, चुनावअघि वा पछि कहिले गर्ने भन्नेमा केन्द्रीय समितिले निर्णय लिन सकेको छैन। अब केन्द्रीय समिति बैठक मंसिर ४ गते बस्दैछ।
यस्तो छ निर्णय: