नेकपा एमालेले प्रतिनिधि सभा विघटन विरूद्ध सर्वोच्च अदालतमा रिट दायर गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा भदौ २७ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेका थिए।
नेकपा एमालेको विघटित प्रतिनिधि सभाका सांसदहरूको भेलाले प्रतिनिधि सभा विघटन विरूद्ध सर्वोच्च अदालतमा रिट लिएर जाने निर्णय गरेको हो।
साथै भेलाले नेकपा एमालेको तर्फबाट विघटित प्रतिनिधि सभामा दलका प्रमुख सचेतक रहेका महेश बर्तौला र सचेतक सुनिता बराललाई रिट लैजान अख्तियारी दिएको छ।
नेकपा एमालेले प्रतनिधि सभा विघटन विरूद्ध नेपाली कांग्रेसलाई अदालतमा सँगै उभ्याउने प्रयास गरेको थियो। तर नेपाली कांग्रेसभित्र प्रतिनिधि सभा विघटन विरूद्ध अदालतमा जान नहुने र निर्वाचनको पक्षमा खडा हुनुपर्ने धारणा हाबी भएको थियो।
एमालेले सबै राजनीतिक पार्टी, नागरिक समाज र सबै पेसा व्यवसायमा भएका व्यक्तिहरूलाई प्रतिनिधि सभा विघटन विरूद्ध उभिन आह्वान समेत गरेको छ।