वीरगन्जमा रोकिराखेको दुईवटा बसमा आगलागी भएको छ।
वीरगन्ज नयाँ बसपार्कमा पार्किङ गरिराखेको दुईवटा बसमा आगलागी भएको हो।
आगालगीबाट जम जम लेखिएको दुईवटै बस पूर्ण रूपमा जलेको छ।
सुरक्षाकर्मी र वीरगन्ज महानगरपालिकाको अग्नी नियन्त्रक टोलीले दमकलको सहयोगमा आगो निभाएको थियो।
ना ५ ख ६२१६ र ना ५ ख ६२१७ नम्बरको बसमा आगलागी भएको इलाका प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक नविन थापा मगरले जानकारी दिए ।
‘४/५ महिनादेखि रोकिराखेको दुई वटा बसमा आगलागी भएको छ,’ उनले भने, ‘सुरुमा एउटा बसमा आगो लागेर अर्को वसमा सल्किएको जस्तो देखिन्छ, आगलागीको कारण खुल्न सकेको छैन।’
राति पौने १ बजेतिर आगलागी भएको थियो।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।