नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले सिमरा घटनालाई लिएर सरकारलाई लक्ष्य गर्दै चुनाव यसैगरी गर्ने हो भन्ने प्रश्न गरेका छन्।
बाराको परवानीपुरमा आज एमालेनिकट युवा संघले जागरण सभा गर्दैछ। उक्त सभाका लागि महासचिव शंकर पोखरेल लगायत नेताहरू काठमाडौंबाट जाने कार्यक्रम थियो।
तर जेनजी पुस्ता र एमाले समर्थित युवाहरूबीच आज बिहान सिमरा विमानस्थल परिसरमा झडप भयो। त्यसपछि जहाज उडान रोकियो, एमाले नेताहरू सिमरा जान पाएनन्। प्रशासनले पनि बेलुकी ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ।
यही सन्दर्भलाई लिएर उपमहासचिव रिमालले सरकारलाई लक्ष्य गर्दै शान्ति सुरक्षाको सन्दर्भ लिएर प्रश्न गरेका हुन्।
‘अध्यक्षलाई स्थानहद, महासचिवको कार्यक्रम रोक्न विरोधको प्रायोजन: एयरपोर्ट बन्द, कर्फ्यू, सरकार यसैगरी चुनाव गर्ने हो?,’ बुधबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले गरेका छन्।