नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पत्रकार सम्मेलन गर्ने भएका छन्।
आज अपराह्न साढे ४ बजे पत्रकार सम्मेलन गरिने नेता गुरूराज घिमिरेको भनाइ छ।
अनामनगरस्थित नविल बैंक रहेको भवनको आठौं तलामा पत्रकार सम्मेलन हुनेछ।
विशेष महाधिवेशन पक्षधरले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ध्यानाकर्षण पत्र बुझाउन खोजे पनि उनले समय दिएका थिएनन्।
साथै उनीहरूले केन्द्रीय समिति बैठक बसेका दिन केन्द्रीय कार्यालय घेराउ गर्दैछन्। भोलि केन्द्रीय समिति बैठक बस्दैछ।
कांग्रेसमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै असोज २९ गते नै कार्यवाहक सभापति खड्कालाई हस्ताक्षर बुझाएका थिए।