नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेशनल भोलेन्टियर पानी मात्रै बाँड्ने संस्था नभएको बताएका छन्। शुक्रबार नेशनल भोलेन्टियर फोर्स घोषणा गर्दै ध्यक्ष ओलीले युथ भोलेन्टियर सामाजिक गतिविधिमा सक्रिय हुने बताएका हुन्।
‘यो पानी मात्रै बाँड्ने संस्था होइन, हुन त नेपालमा पानी बाँड्ने संस्था, भोलिपल्ट अर्कै, स्वरूपमा आज पानी मात्रै बाँड्ने स्वरूपमा...यो गरेको पनि मैले, त्यो गरेको पनि मैले। भोलिपल्ट त्यसरूपमा जाने क्रियाकलाप हामीले देखेका छौं,’ उनले भने।
उनले सरकारले चुनाव चुनाव भनेको तर दलका नेताहरूलाई गतिविधिमा सक्रिय हुने वातावरण सिर्जना नगरेको पनि बताए।
‘नेताहरूलाई कुनै ठाउँमा जान नदिने, नेताहरूलाई कुनै पनि कार्यक्रममा सम्बोधन गर्न नदिने, यस प्रकारका निषेधित, अलोकतान्त्रिक, अधिनायकवादी क्रियाकलापहरू परोक्ष ढंगले, सरकार देखा नपर्ने, कुनै शक्ति देखा नपर्ने तर विभिन्न शक्ति पृष्ठभागमा बसेर जेनजीका नाममा, जेनजी होइनन, नक्कली जेनजी, होलान् कोहीकोही जेनजी, तनखाखोर्, जेनजीका लागि काम गर्ने..,’ उनले भने,‘ जेनजीका नाममा उपद्रव मच्चाउन पाइँदैन।’