चितवनमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
शनिबार राति साढे १० बजे चितवनको कालिका नगरपालिका-११ सिद्धि कल्याण चौरको भित्री सडकमा बा १८ च ८९७३ नम्बरको बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी रवीन्द्र खनालका अनुसार गाडी अनियन्त्रित भएर दुर्घटना भएको थियो।
दुर्घटनामा गाडी चालक खैरहनी नगरपालिका-४ का राममणि न्यौपानेको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते न्यौपानेको उपचारका लागि भरतपुर अस्पतालमा पुर्याउँदा राति नै चिकित्सकले मृत घोषणा गरेको डिएसपी खनालले जानकारी दिए।
गाडी सडकदेखि अन्दाजी १५० मिटर तल खसेको थियो। गाडीमा चालक न्यौपानेमात्र सवार रहेको जनाइएको छ।