सहकारी पीडित बचतकर्ताहरूले बुद्धनगरमा प्रदर्शन गरेका छन्।
आइतबार बुद्धनगरस्थित समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयअगाडि पीडित बचतकर्ताहरूले शान्तिपूर्ण प्रदर्शन गरेका हुन्।
उनीहरूले कार्यालयका पदाधिकारीहरूको राजीनामा माग गरेका छन्।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका केन्द्रीय अध्यक्ष कुश्लव केसीले ३८ महिनादेखि पीडितहरू आन्दोलन गर्दै आएको अवस्थामा सरकारले बेवास्ता गरेको बताए।
बचतकर्ताको समस्या समाधानका लागि बनाइएको कार्यालयमा राजनीतिक नियुक्ति गरेकै कारण पीडितहरूले न्याय नपाएको बताए।
'विगतका सरकारसँग पनि चारवटा सम्झौता भए। त्यसपश्चात वर्तमान सरकारसँग पनि पटकपटक छलफल र प्रधानमन्त्रीसँग पनि छलफल भयो,' उनले भने, 'छलफल हुँदै गर्दा प्रधानमन्त्री जसले सकारात्मक रूपमा लिँदै वचत फिर्ता हुन्छ। जुनसुकै रूपमा पनि कानुन संशोधन गरेर भए पनि वचत फिर्ता गराउँछौं भन्नुभएको थियो।'
तर समस्याग्रस्त व्यवस्थापन कार्यालयले भने मिलानको नाममा बचतकर्ताहरूलाई थप पीडा हुने काम गरेको अध्यक्ष केसीको आरोप छ।
'हामीले प्रमाण नै सार्वजनिक गरिसकेका छौं। त्यसकारण उहाँहरूले राजीनामा दिनुपर्छ। हाम्रो बचत फिर्ता हुनुपर्छ,' उनले भने।
उनले माग पूरा नभएसम्म आन्दवलन जारी हरहने पनि बताए।
सरकारले नसुने भोलिदेखि माइतीघरमा आन्दोलन सुरू गर्ने पनि उनले बताए।
तस्बिरहरूः
-1763877033.jpg)
-1763877032.jpg)
-1763877032.jpg)
-1763877032.jpg)
-1763877031.jpg)
-1763877030.jpg)
-1763877030.jpg)
-1763877033.jpg)