नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियारबीच एकतापछि बनेको प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा हुँदैछ।
काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा एकता घोषणा कार्यक्रम हुन लागेको हो।
एकता घोषणा कार्यक्रमअघि शनिबार काठमाडौंमा नेताहरूबीच आन्तरिक छलफल भएको थियो, जहाँ नेतृत्व, विचारधारा, कार्यदिशा लगायत विषयमा छलफल भएको थियो।