नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता सुदन किरातीले जेनजी विद्रोहको सन्देश पार्टीहरूमा पुस्तान्तरण र रूपान्तरण नै भएको बताएका छन्।
आइतबार पार्टी एकता घोषणा सभामा बोल्दै उनले जेनजीहरूले नबोलेरै दिएको सन्देश रूपान्तरण र पुस्तान्तरण भएको बताएका हुन्।
‘जेनजीहरूले नबोलेर दिएको सन्देश रूपान्तरण र पुस्तान्तरण नै हो, आज त्यो ठूला दलहरूले ती सन्देशलाई ओझेलमा पार्दै वृद्धाश्रम खोल्नु भएको छ, उहाँहरूलाई सम्मान छ तर आजको आवश्यकता उहाँहरूले बुझ्न सक्नुभएन, त्यसैले हामीले यो बाटो लियौं,’ उनले भने, ‘हामीलाई नाङलो पसल खोल्नु छैन। जनताको सेवा गर्दै समस्या समाधान गर्ने विचार विधिसहितको शक्ति निर्णय गर्न खोजेका छौं।’