नेकपा एमालेका नेता महेश बस्नेतमाथि रंग प्रहार गर्ने विद्यार्थीहरू नेपाली कांग्रेस निकट विद्यार्थी रहेको खुलेको छ।
आइतबार बिहान विराटनगरस्थित विमानस्थल रोडमा दुई जना युवाले बस्नेत चढेको गाडीमाथि रातो रंग प्रहार गरेका थिए।
यसरी प्रहार गर्ने दुबै जना विद्यार्थी हुन्। यसरी नियन्त्रणमा लिएका संजोग गौतम र अर्पित कुँवर हुन्। उनीहरू नेपाली कांग्रेस निकट विद्यार्थीहरू रहेको प्रहरी स्रोतले बतायो।
दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानका लागि म्याद थप गर्ने/नगर्नेबारे छलफल गरिरहेको छ।