नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले एमाले नेता महेश बस्नेतलाई लक्ष्य गर्दै रातो मसी छ्याप्नेमाथि कडा कारबाही हुने बताएका छन्।
आज विराटनगर विमानस्थलनजिकै बस्नेत चढेको गाडीमा युवाहरूले रातो रङ (मसी) छ्यापेका थिए। यो कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।
संजोग गौतम र अर्पित कुँवर नेविसंघनिकट रहेको प्रहरी स्रोतको भनाइ छ।
यसबारे नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले एमाले र अखिलसँग नेविसंघका सयौं विमति रहे पनि यस्तो कार्य स्वीकार्य नहुने बताएका छन्।
‘लोकतन्त्रमा विरोध सबैको अधिकार हो तर आज विराटनगरमा महेश बस्नेतमाथि रातो मसी छ्याप्ने कायरता नेविसंघको होइन। संगठनको नाम दुरुपयोग गर्नेहरूलाई कडा कारबाही गरिन्छ,’ उनले भनेका छन्।