पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टी जेनजी आन्दोलनको उपज भएको बताएका छन्।
काठमाडौंमा आज पार्टी घोषणा कार्यक्रममा बोल्दै उनले भने, ‘यो पार्टी भनेको जेन–जी आन्दोलनको उपज हो। र जेन–जी पुस्ताको पार्टी हो भनेर बुझ्न जरुरी छ। यदि यो कुरा बुझिएन र मैले मेरो आफ्नै बखान गर्ने, अर्कोको अर्को बखान गर्दै हिँडने हो भने हुँदैन।’
पूर्वप्रधानमन्त्री भट्टराईले जेन–जी पुस्ताको मागलाई सम्बोधन गरेर अघि बढ्न पुराना पार्टी र नेताहरू मात्रै नभएर राजनीतिमा नै पुनर्संरचना आवश्यक रहेको पनि बताए।
यस पार्टीमा भट्टराई अभिभावकीय भूमिकामा रहनेछन्।