जनमत पार्टीले तराई–मधेसका १५ जिल्लामा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ। आइतबार बसेको पार्टी सचिवालयको बैठकले सोमबारदेखि मंसिर २५ गतेसम्म दुई साता प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।
निर्वाचनकेन्द्रित प्रशिक्षण बर्दियादेखि बारासम्म सञ्चालित हुनेछ।
जनमत उपाध्यक्ष वसन्तकुमार कुशवाहाका अनुसार निर्वाचनकेन्द्रित प्रशिक्षणका लागि फोकल पर्सनसमेत तोकिएको छ।
आगामी कात्तिक १० गते रंगभेद बिरुद्ध एकता दिवस कार्यक्रम मनाउने जनमतले निर्णय गरेको छ। सबै जिल्लाको सदरमुकाममा कार्यक्रम गर्नेबारे सबैलाई जानकारी गराउने निर्णयमा उल्लेख छ।
त्यस्तै कात्तिक २८ गतेदेखि पुस २० गतेसम्म सबै जिल्लामा जिल्लास्तरीय चुनावी सभा गर्ने पनि निर्णयमा उल्लेख छ।
