नेपाली कम्युनिस्ट पार्टी र राजेन्द्र श्रेष्ठ संघीय परिषद अध्यक्ष रहेको जनता समाजावदी पार्टीबीच मंसिर ११ गते एकता हुने भएको छ।
नेपाली कम्युनिस्ट पार्टीका नेताहरूका अनुसार मंसिर ११ गते दिउँसो १ बजे राष्ट्रिय सभागृहमा पार्टी एकता सभा हुनेछ।
अशोक राई नेतृत्वको जसपा फुटाएर संघीय परिषद अध्यक्ष श्रेष्ठसहित केही नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा जान लागेका हुन्।
मंसिर ७ गते श्रेष्ठसहित नेताहरूले जसपा छाडेका थिए।
संघीय परिषद अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ, रणध्वज लिम्बू (कन्दङ्वा), परशुराम बस्नेत, दुर्गामणी देवान, डा. पुष्पराज राजकर्णिकार, कृष्णबहादुर घजु नेपाली कम्युनिस्ट पार्टीमा जान लागेका हुन्।