नेकपा एमालेले प्रतिनिधि सभा पुनर्स्थापना रिट सर्वोच्च अदालतमा पेस गरेको छ।
मंगलबार निवर्तमान प्रमुख सचेतक महेश बर्तौलासहित नेताहरूले प्रतिनिधि सभा पुनर्स्थापना रिट अदालतमा बुझाएका हुन्।
‘हामीले प्रतिनिधि सभा पुनर्स्थापना माग गर्दै रिट पेस गर्यौं,’ बर्तौलाले सेतोपाटीसँग भने, ‘रिट अध्ययनकै क्रममा छ। बेलुकीसम्म दर्ता प्रक्रिया अघि बढ्ला।’
साथै एमालेले आजै निर्वाचन आयोग पुगेर प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता निवेदन पनि दिएको छ। एमालेले फागुन २१ को निर्वाचन प्रयोजनका लागि दल दर्ता निवेदन दिएको हो।