नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले जेनजी पुस्ताका युवाहरूले पनि आफ्नो अभिभावक नेपाली कम्युनिस्ट पार्टी हो भन्ने बुझ्दै गएको बताएका छन्।
अखिल नेपाल ट्रेड युनियन महासंघको आज भएको कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले जेनजी युवाहरूले पनि असली अभिभावक नेकपा हो भन्ने बुझ्दै गएकोले यस पार्टीमा हजारौंको संख्यामा समाहित भइरहेको बताए।
‘सुशासन र भ्रष्टाचारविरूद्ध उठाएका आवाजलाई हामीले सबैभन्दा पहिला समर्थन गर्यौं, युवाका ती सही आवाजलाई दमन नगरियोस् भनेर सरकारलाई खबरदारी गर्यौं, त्यही पहलका कारण र युवासँग गरिएको संवादले जेनजी पुस्ताका युवाले पनि आफ्नो असली अभिभावक नेकपा हो भन्ने बुझ्दै गएका छन्,’ उनले भने।