रुक्शना कपाली प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा प्रवेश गरेकी छन्।
पार्टीकी नेता मानुषी यमी भट्टराईका अनुसार कपाली प्रलोपामा प्रवेश गरेकी हुन्।
उनी नेपाल भाषा र क्वेयर (विविध यौनिक तथा लैंगिक पहिचान) युवा अभियन्तासमेत हुन्।
हालै बाबुराम भट्टराई, जनार्दन शर्मालगायत अभिभावकीय भूमिकामा रहने गरी प्रलोपा गठन भएको थियो।