नेपाली कांग्रेसले शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद माघ मसान्तसम्म थप गर्ने निर्णय गरेको छ।
आज सानेपामा बसेको केन्द्रीय समिति बैठकले दुई महिना म्याद थप गर्ने निर्णय गरेको हो।
१४ औं महाधिवेशन २०७८ मसिर २४ देखि २८ गतेसम्म भएको थियो। त्यसअनुसार यही मंसिर २३ गते म्याद सकिने भएको र पुसमा महाधिवेशन गर्ने भएकोले माघ मसान्तसम्म म्याद थप गरिएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।