प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को केन्द्रीय समिति बैठक काठमाडौंको नयाँ बजारमा बसेको छ।
पार्टी गठनपछि पहिलो पटक केन्द्रीय समितिको पूर्ण बैठक बसेको हो।
केन्द्रीय समिति बैठक भोलिसम्म चल्नेछ। नयाँ बजारस्थित सासा ब्यान्क्वेटमा बैठक बसेको हो।
बैठकमा बाबुराम भट्टराई, जनार्दन शर्मा, राम कार्की, सन्तोष परियार, सुदन किराँती, ओजस्वी भट्टराई, दुर्गा सोवलगायत नेताहरू पनि सहभागी छन्।
पूर्वप्रधानमन्त्री तथा पार्टीका संरक्षक बाबुराम भट्टराईले केन्द्रीय सदस्यहरूलाई शपथसमेत खुवाएका छन्।
तस्बिरहरू:
-1765871236.jpg)
-1765871237.jpg)
-1765871237.jpg)
-1765871236.jpg)
-1765871236.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी।