नेकपा एमालेको ११ औं महाधिवेशनपछि पहिलो केन्द्रीय कमिटी बैठक आज बसेको छ।
काठमाडौंमा बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधनसमेत गरेका छन्।
बैठकमा महासचिव शंकर पोखरेलले विभिन्न प्रस्ताव राखेका छन्।
जसमध्ये नेताहरूको कार्यविभाजन सचिवालयले तोक्ने प्रस्ताव समावेश छ। एमालेमा १९ सदस्यीय सचिवालय छ।
प्रस्तावअनुसार अब कसलाई के जिम्मेवारी दिने भन्ने विषय सचिवालयले तोक्नेछ।
साथै अर्को केन्द्रीय कमिटी बैठक तीन सातापछि फेरि बस्नेछ।
केन्द्रीय निकायअन्तर्गत सल्लाहकार परिषद गठनको पनि बैठकमा प्रस्ताव गरिएको छ। यस्तो परिषद कम्तीमा २५ सदस्यीय रहनेछ।
साथै विधान संशोधन र परिमार्जन गर्दै प्रकाशन गर्ने प्रस्ताव छ। एमाले ११ औं महाधिवेशन उद्घाटन भएर बन्द सत्र सुरू नहुँदै गर्दा केन्द्रीय कमिटी बैठक गरेर पुरानै विधान ब्युँत्याइएको थियो।
जसअनुसार सचिवालय, केन्द्रीय कमिटीको आकार बढाइएको थियो।