नेपाली कांग्रेस अर्घाखाँचीले प्रतिनिधि सभा प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ।
प्रतिनिधि सभा प्रत्यक्षतर्फ ८ जनाको नाम सिफारिस भएको हो।
प्रत्यक्षतर्फ नेता रेवतीप्रसाद भुसाल, विष्णुप्रसाद खनाल ‘मुस्कान’, कमलप्रसाद भुसाल, लेखनाथ पोख्रेल, मुक्तिराम श्रेष्ठ, जयबहादुर टण्डन, ताराप्रसाद श्रेष्ठ र बाबुराम पौडेलको नाम सिफारिस भएको हो।
समानुपातिकतर्फ पुष्पा भुसाल, निर्मला क्षेत्री, मणिराम परियार, ललिता सुनार, राजेन्द्र केसी र विष्णुप्रसाद अर्यालको नाम सिफारिस भएको छ।
राष्ट्रियसभाका लागि रामबहादुर विसी, पिताम्बर शर्मा भुसाल र बालकृष्ण पाण्डेको नाम सिफारिस भएको हो।
आकांक्षी धेरै भएपछि केन्द्रीय मापदण्डभन्दा बढी उम्मेदवारको नाम सिफारिस गर्नुपरेको जिल्ला सभापति केशव श्रेष्ठको भनाइ छ।